Saturday, October 16

चर्चित अभिनेत्री तथा अभिनेता अनुपम खेरकी पत्नी किरण खेरलाई लाग्यो घा तक रोग

April 1, 2021 276

काठमाडौं। भारतीय जनता पार्टीकी सांसद तथा बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर क्यान्सर भएको छ । भारतिय मिडियाका अनुसार खेरलाई मल्टिपल साइलोमा भएको खुलासा भएको छ । उनको अहिले उपचार भइरहेको समाचारमा जनाइएको छ ।

किरण २०२० देखि नै यो समस्याको उपचार गराइरहेकी छिन् । किरण खेर बलिउड अभिनेता अनुपम खेरकी पत्नी हुन् । भाजपा चण्डीगढका सदस्य अरुण सूदले विशेष पत्रकार सम्मेलन गरेर किरणको स्वास्थ्यबारे जानकारी गराएका हुन् । नोभेम्बर ११ मा चण्डीगढको घरमा हुँदा फ्र्याक्चर भएको थियो ।

भाजपाका चन्डीगढ अध्यक्ष अरुण सुदले मिडियासँग कुरा गर्दै यो कुराको जानकारी दिएका हुन् । किरणलाई ब्लड क्यान्सर भएको गतबर्षको नोभेम्बरमा पत्ता लागेको थियो । अरुणले मिडियासँग भने–‘गतबर्षको नोभेम्बर ११ तारिखमा किरणको हात घरमै भाच्चिएको थियो ।

उनले, चन्डीगढको एक अस्पतालमा उपचार गराएकी थिइन् । सोही समयमा उनीलाई मल्टिपल मायलोमा नामक रोग रहेको पत्ता लागेको थियो । उनको दायाँ हातदेखि बायाँ हातसम्म यो रोग फैलिएको छ । ४ डिसेम्बरमा उनलाई मुम्बई ल्याइएको थियो । उनी, निरन्तर कोकिलाबेन अस्पतालमा उपचार गराइरहेकी छिन् ।’

प्रतिकृया दिनुहोस्