Monday, September 20

क्याप्टेन विजय लामाको टोलीले चीनबाट ल्यायो कोरोनाविरुद्धको ८ लाख डोज खोप सम्मान स्वरूप १ शेर गरौ

June 1, 2021 145

काठमाडौं । चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको कोभिड-१९ विरुद्धको ८ लाख डोज खोप (भेरोसेल भ्याक्सि) काठमाडौं ल्याइएको छ ।मंगलबार बेइजिङबाट क्याप्टेन विजय लामाको टोलीले ८ लाख डोज भ्याक्सिन ल्याएको हो । क्याप्टेन लामाको टोली सोमबार राति बेइजिङ उडेको थियो ।

केही समयअघि चीनका राष्ट्रपति सि चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबीच कुराकानीपश्चात् चीनले अनुदानस्वरुप १० लाख डोज प्रदान गर्ने भनेको थियो । त्यहीँ सम्झौँताअनुसार पहिलो चरणमा ८ लाख डोज खोप मंगलबार नेपाल ल्याइएको छ ।

विदेशीसँग कोभिडविरुद्धको खोप भीख माग्न थालेपछि राष्ट्रपति भण्डारी तानिइन् विवादमा

नेपालको संविधानले राष्ट्रपतिको काम, कर्तव्य र अधिकार समेटिएको धारा ६६ मा ‘यो संविधान वा सङ्घीय कानूनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुने’ उल्लेख गरेको छ।

नेपालको संविधानले कार्यकारी अधिकार मन्त्रिपरिषद्‌मा निहित हुने व्यवस्था गरेको र राष्ट्रपतिको भूमिका आलङ्कारिक भएकाले त्यस्ता पत्राचारलाई विश्लेषक, राजनीतिज्ञ एवं कूटनीतिक क्षेत्रका जानकारहरूले ‘अस्वाभाविक’ एवं ‘अनावश्यक सक्रियता’ भन्दै आलोचना गरेका छन्।

प्रतिकृया दिनुहोस्