Saturday, February 27

दूई दाजुभाईको मृ’त्यु प्रकरणमा २ महिना अघि बिवाह भएकी श्रीमतीलाई किन लगाईयो दोष ?

February 2, 2021 96

कावासोती । नवलपरासी घ’टनामा श्रीमान गु’माएकी विजयबाबु पौडेलकी श्रीमतीलाई सामाजिक सञ्जालमा धेरैले नाना थरीका गा ‘ली गरेपछि उनलाई त्यसो नगर्न उनका आफन्तले सुझाव दिएका छन् । एक मिडियामा विजयबाबुका बहीनी ज्वाईले दिदीलाई कसैले पनि यस्तो काम नर्गन र नराम्रो कमेन्ट नलेखिदिन आग्रह गरेका छन् ।

उनको भनाईमा विजयबाबुकी श्रीमती निकै नै सोझी र अपरिपक्क उमेरकी हुन् । त्यसो भएको हुनाले उनले विजयबाबु की श्रीमती (दिदी) ले मिडियामा दिएको अभिव्यक्तिलाई गलत तरिकाले नलिन आग्रह गरेका छन् । उनले भनेका छन्,‘उहाँको निकै नै सोझी हुनु हुन्छ । उमेरले पनि अपरिपक्क भएको हुनाले हुन सक्छ उहाँलाई मिडियामा कसरी बोल्ने भन्ने थाहा नभएको । त्यसैको आधारमा उहाँको छवीलाई मूल्यांकन गरेर नराम्रो प्रतिकृयाहरु धेरै नै आईरहेका छन् । कृपया त्यसो नगरिदिनु होला ।’

उनी भन्छन्,‘पर्नु पीर हामीलाई परिसकेको छ । यस्को कुनै मलहम छैन निको पार्नलाई । अब उहाँहरु केही गरी फर्किएर आउनु हुँदैन । किन ब्यर्थैमा दाईको श्रीमतीलाई अ पमान गर्दै गा ‘ली गर्ने ? र नानाथरीका नराम्रा कमेन्ट गर्ने । प्लिज रोकिदिनुस् र सक्नु हुन्छ भने हाम्रो दुःखमा सहभागी भईदिनुुस् ।’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’त वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

घ’टनामा परिवारका सदस्यले सीसीटीभी पनि हेरेका छन् । केही परसम्म दुई दाजुभाई हात समातेरै हिडेको देखेको बुवाले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

ठुलो छोरा केही समय अघि डिप्रेशनमा गएका थिए । उनले डिप्रेशनको पनि औषधि खाने गरेका बुवाले बताएका छन् । डाक्टर बन्न चाहेका थिए छोराले तर छोराको चाहना पैसाको अभावका कारण पुरा गर्न नसकेको बुवाको भनाई छ । उनलाई राँचि पनि लगिएको थियो । दुई महिनामा छोरा निको भएको बुवाको भनाई छ । तर उनले औषधि भने खाइरहेका थिए ।

घरमा हुँदा उनले आफुले खाने गरेको औषधि पनि सोधेर मात्र खाने गरेका थिए । सबै कुरा सोधेर गर्ने गरेका छोरा त्यती टाढा किन र कसरी गए भन्ने कुरामा भने बुवालाई शंका छ । कान्छो छोरा बाहिर पनि नजाने स्वभावको थियो, बुवा भन्छन्, जेठो छोरा पनि पुरै निको भएको थियो ।

जेठो छोराको प्रेम विवाह भएको बुवाको भनाई छ । बुहारी विवाह भएको दुई महिना नहुँदै एक्लिएपछि परिवारमा त्यो चिन्ता पनि थपिएको छ । वुहारीको परिवारलाई पनि छोराले औषधि खाने गरेको बारेमा जानकारी दिएको बुवाको भनाई छ । बुहारी र उनको परिवारको राजिखुसीमै विवाह गरिदिएको उनको भनाई छ । ६ महिना अघि मात्र यो घरवाट अर्को शव पनि उठेको थियो । दुई युवाको हजुरवुवाको असारमा नि’धन भएको थियो । उनले यो अभिव्यक्ति एउटा च्यानलमार्फत दिएका थिए उक्त भिडियो अहिले हटाइएको छ ।

प्रतिकृया दिनुहोस्