Tuesday, May 11

विवाह मण्डपमै २१ वर्षका राजनको यसरी गयो ज्यान, बेहुलाका बुवा सहित ६ जना पक्राउ (भिडियो हेर्नुस्)

March 2, 2021 76

काठमाडौ । दागंमा एक अर्को घटना सामाजिक सञ्जालमा चर्चा छ । दागंको घोराही नगरपालिकामा भएको घटना सार्वजनिक भएको हो । आफन्तको विवाह मान्न गएका एक २१ वर्षीय राजन चौधरी ज्यान लिइएको छ । विवाहमा रमाइरहेका राजनलाई अचानक ह म ला गरिएको थियो । उनी आफ्नो परिवारका एक मात्र छोरा थिए । छोरा गुमाएका बुवा आमा विछिप्त भएका छन् । उनी माथि ७ जनाको समुह जाइ लागेका थिए ।

विवाहमा सहभागी भएका अन्यले पनि घटना देखेका थिए । तर विवाहमा सहभागी भएर घटना देखेकाहरु पनि न्यायको लागि बोल्न नसकेको भन्दै राजनका परिवार आ क्रो शित भएका छन् । बुवा आमा र दिदी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । घटना भएकै बेला राजनको साथीले हामीलाई लखेटेका छन् भनेर आफ्नो बुवालाई फोन गरेका थिए । त्यो कुरा राजनको बुवालाई पनि खबर आयो ।

साथी अर्को एक जना साथीको घरमा लुकेर मैले ज्यान जोगाएको छु, राजनलाई अझै लखेटीरहेका छन् भनेर फोन गरेपछि राजनको बुवाआमा चार किलो मिटर टाढा रहेको विवाह भएको घरमा पुगे । घरमा पुग्दा विवाह घरमा राजन थिएनन् । अनि उनीहरुले अन्त खोज्न थाले । घटना गराउने केटाहरुलाई भने उनीहरुले विवाह गरेको घरमै देखेका थिए । जसले घटनाबारे जानकारी दिएका थिए उनी पनि सोही विवाह घरमा देखिए ।

वेहुलाका बुवाले घटनामा संलग्नहरुलाई संरक्षण गर्दै तिमीहरु नडराउन, जे पर्छ म गर्छु, म पनि प्रहरी हुँ । तिमीहरु डराउनु पर्दैन भन्दै राजनको परिवारका सदस्यलाई चेतावनी दिएको आमाले बताइन् । राजनको आमाले हामी हामी आफ्नो छोरा खोज्न आएको हो, हामीलाई चेतावनी नदिनु, हाम्रो छोरा ल्याइदिनु भनेर बिन्ती गरेको आमाले बताएकी छन् ।

प्रतिकृया दिनुहोस्