नायिका सुष्मा कार्की आफ्ना अभिब्यक्तिका कारण चर्चित छन् । उनले खेलेका फिल्म र गरेका आइटम डान्स भन्दा उनले बोलेका कुराले उनलाई चर्चामा ल्याइ रहन्छन् ।
तर चर्चा सधैं सकारात्मक हुन्छ भन्ने छैन । उनले अरुको आलोचना गर्दा उनको पनि आलोचना हुने गर्छ ।
पछिल्लो समय यस्तै भएको छ । उनले धुलाई भेटेकी छिन् । यो कुराको पुष्टी पनि नायिका आफैंले गरेकी हुन् ।
नायिका सुष्मा कार्कीेमाथि काठमाण्डौको लण्डन पब क्याफेमा यस्तो घटना भएको थियो । नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले यस्तो गरेको आरोप कार्कीको छ ।
नायिका सुष्मा कार्कीले घटनाको भिडियो रेकर्ड समेत भएको बताइन् । उनले भनिन् ‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’
नायिका स्वेता खड्काले आफूलाई नराम्रो शब्द प्रयोग गरेको सुष्माले दाबी गरेकी छिन् ।
सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा भएको उनको दावी छ । उनी घटना सुनाउन प्रहरीकहाँ पुगेकी छिन् ।
प्रतिकृया दिनुहोस्