Friday, June 18

दुबईबाट आएको बिमानमा आएका व्यक्ति सुनसहित एयरपोर्टबाट पक्राउ

April 3, 2021 195

काठमाडौं-फ्लाई दुबईबाट आएको यात्रुको साथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय १६ ग्राम सुन बरामद गरिएको छ। विमानस्थलस्थित भन्सारले यात्रुको चेक गर्ने क्रममा जुत्तामा लुकाएर ल्याएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सो क्रममा सिन्धुपाल्चोक थाङ्गपालधाप गाउँपालिका–८ का ३८ वर्षीय विष्णु भन्डारीको र उनलाई लिन आएका काभ्रे मण्डन देउपुरका कमलकृष्ण केसीलाई पक्राउ गरिएको छ। उनीहरुलाई अपराध महाशाखा एयरपोर्ट र एयरपोर्टमा क्रियाशील साझा पोशाकको टोलिले पार्किङ एरियाबाट नियन्त्रणमा लिई भन्सारलाई बुझाएको प्रहरीले जनाएको छ।

त्यस्तै मोटरसाइकल चो’री गर्ने १ जनालाई मोटरसाइकलसहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ। उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९१ प १२२१ रहेको खुल्न आएको छ। ब’रामद मोटरसाइकल यहि पुस १४ गते कोटेश्वर भाटभटेनीबाट ह’राएको भनी ललितपुर बस्ने सुजित महर्जनले हु’लिया नि’वेदन महाशाखामा दिएका थिए।

सादा पोसाकमा ख’टिएको ट्राफिक प्रहरी टोलीले काठमाडौं, शंखरापुर नपा–६, साँखुबाट बास्तविक नम्वर परिवर्तन गरि बा ९५ प ७९७६ नम्वरको रातो रङ्गको एनएस पल्सर मोटरसाइकल च’लाई रहेको अवस्थामा साँगाचोकगढी–६,सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पक्राउ गरिएको व्य’क्तिसहित उक्त मोटरसाइकललाई चो’री मु’द्दाका अनुसन्धान का’रबाहिका लागि महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाएको महाशाखाले जनाएको छ। पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चो’री भई हराएका मोटरसाइकल र चो’री गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सू’चना संकलन एवम् निगरानीनी राखी महाशाखाले बिशेष का’रबाही अ’भियान चलाएको छ।

प्रतिकृया दिनुहोस्