Friday, June 18

काठमाडौँमा बढ्दै दुर्घटना : बोलेरोको ठक्करबाट अन्जुको निधन

March 3, 2021 226

ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीय अन्जु दाहाल छिन् ।

आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपसहित चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्