Tuesday, October 26

स्कुल जाँदै गरेको २ छोरालाई नै यस्तो अनौठो रोग लाग्यो । काभ्रे गाउँको यो गरिब परिवारको बिजोग, शिशिर भण्डारी पुगे (भिडियो हेर्नुस)

April 3, 2021 282

काभ्रे पलान्चोक जिल्लाको नमोबुद्ध ६ बेलटारमा एक बिपन्न परिवार रहेछ । बुवा टुकनाथ न्यौपाने र आमा शुभद्रा न्यौपानेको दुई छोराहरु मनमोहन र मदन न्यौपानेलाई ७ बर्षको उमेरदेखि यो रोगले थलायो । अहिले उनीहरु हिडडुल गर्न सक्दैनन् । कोपारामै दिशा पिसाब हुन्छ । छोराहरुको उपचार गराउँदा गराउँदै भएको सम्पत्रि सकियो तर रोग पत्ता लागेन, झनै अवस्था बिग्रदै गयो । गाउँको यो झुप्रो घर र जग्गा पनि उनीहरुको हैन, बर्षै पिच्छे भाडा तिर्नुपर्छ । ऋणको भारीले थिच्दैछ । स्कुल जाने उमेरमा आफ्नो छोराहरुको यो अवस्था भएपछि यि बुवाआमा धरधरी रोए ।

सबैको छोराछोरी हिड्दै स्कुल गएको देख्दा आमाको मन भक्कानिन्छ । मेरो मात्र छोराहरुको अवस्था किन यस्तो भएको होला । दुई छोरामा दुवै छोरालाई भगवानले किन यस्तो बनाईदिएका होलान् । बुवा टुकनाथले पनि रुदै बिलौन गरे, भएभरको सबै सम्पत्ति सक्काईसके अब कसले मेरा छोराहरुको जीवन रक्षा गर्ला ? जेठो छोरो मनमोहनले भने, एउटा हुईल चियरमात्र भैदिए, हाम्रो पनि सानो घर भैदिए, जगा जमिन भैदिए कति राम्रो हुन्थ्योहोला । शिशिर भण्डारीले गाउँमै गएर बनाएको यो भिडियो हेर्नुहोला –

प्रतिकृया दिनुहोस्