Wednesday, September 22

काठमाडौंमा बढ्न थाल्यो कोरोना।आयो यस्तो डरलाग्दो समाचार।

April 5, 2021 258

काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमण बढ्दै गएको नेपालमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित देखिन थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९९ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंमा ८७, भक्तपुरमा ४ र ललितपुरमा ८ जनालाई संक्रमण पुष्टि भएको छ । आज देशभर १७६ जनालाई संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ११७ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ भने २ लाख ७३ हजार २४० जना निको भएक छन् । ३ हजार ३२ संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्