Wednesday, October 27

कोरोनाको तेस्रो लहरको जोखिममा बालबालिका, कम्तिमा २० प्रतिशत शय्या छुट्याउन सरकारको निर्देशन

June 5, 2021 289

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई आफ्नो शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्याउन आग्रह गरेको छ । मन्त्रालयका गुणस्तरमापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले आज सूचना जारी गर्दै सरकारी, निजी, सामुदायिक र सहकारी अस्पताललाई २० प्रतिशत बालबालिकाका लागि कोभिड–१९ शय्या छुट्याउन आग्रह गर्नुभएको हो ।

“सङ्क्रमणको दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथो लहर आउने सके र त्यसबेला बालबालिका बढी मात्रामा सङ्क्रमित हुनसक्ने भएकाले आफ्नो स्वीकृत शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नहुन अनुरोध छ”, सूचना भनिएको छ । उहाँले उपचारका लागि वैकल्पिक प्राणवायु (अक्जिसन) को पनि व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ ।

मन्त्रालयले कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबुभित्रै रहनपुगेको समेत जनाएको छ । प्रथम लहर र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु सङ्क्रमित भएको हुँदा व्यवस्थापनसम्बन्धी तयारी प्रौढ र युवालक्षित मात्र पुगकाले तेस्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित बन्ने भएकाले शय्या र अक्सिजन व्यवस्थापन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्