Wednesday, September 22

टिकटकबाट भाइरल बनेको नागबेली सडक (भिडीयो

April 5, 2021 257

काठमाडौं : दाङको घोराही उपमहानगरपालिका-११ झुम्केटारीका केशव बस्नेतले आफ्नो घरअगाडिको सडकमा दिनहुँ राम-रमाइलो होला भनेर कहिल्यै सोचेका थिएनन्। उनको घरअगाडि कालोपत्रे नागबेली सडकबाहेक अरू खासै केही छैन । न कुनै मन्दिर छ, न चर्चित पर्यटकीय स्थल नै छ। दुईमहिना अघिसम्म सुनसान हुने यो ठाउँ अचेल भीडभाड हुन थालेको छ।

किनभने भर्खरै कालोपत्रे गरेको त्यही नागबेली सडक हेर्न मानिसहरूको भीड लाग्छ। हापुर खोला रोड भनेर स्थानीयले दिएको नाम अचेल फेरिएर ‘भाइरल रोड’ भएको छ। भाइरल भएपछि यो सडकको चर्चा दूरदूरमम्म भइरहेको छ। मानिसहरू अटो, बाइक र गाडी चढेरै यहाँ आउँछन्। गएको शनिबार यो सडकमा बुटवल बुद्धनगरका रविन कार्की ‘बिबोइङ’ गरिरहेका थिए।

त्यसपछि उनले फूर्तिसाथ उल्टोसुल्टो जिम्नाष्टिक हाने। उनका एक साथीले मोबाइलमा भिडिओ खिचिरहेका थिए। रोडमै भइरहेको कार्कीको त्यो प्रर्दशन टिकटकमा भिडिओ पोष्टिनका लागि थियो । ‘मलाई पनि यो रोडजस्तै भाइरल हुन मन छ,’ कार्कीले भने। टिक टकलगायत सामाजिक सञ्जालमा सयौंले यो सडकको भिडिओ र तस्बिर पोष्ट गरेको देखेर कार्की साथीसहित यहाँ आएका रहेछन्। कार्कीलाई त्यो ठाउँ पनि मन पर्‍यो रे।

‘यो त छुट्टीको समयमा मनोरञ्जन गर्ने गज्जबको ठाउँ रहेछ,’ उनले भने ‘गाउँ भए पनि यस्तो राम्रो विकास र बाटो देख्दा मलाई सारै मन पर्‍यो।’ तुलसीपुरका दीपक र कमला वली लोकदोहरी गीतमा सँगै नाचिरहेका थिए। उनीहरू श्रीमान-श्रीमती हुन्। उनीहरू पनि सामाजिक सञ्जालमा ‘भाइरल रोड’बारे पोष्टहरू देखेपछि त्यहाँ पुगेका रहेछन्। वली दम्पतीले सामाजिक सञ्जालमा देखेको भन्दा रोड राम्रो लागेको बताए। भिडीयो यहाँ लिंकमा छ ।

प्रतिकृया दिनुहोस्