Monday, June 14

ओलीको घोषणाले माधव नेपाल पक्षमा फुट, यि नेताले छोड्न सक्छन् अब नेपालको साथ

June 7, 2021 63

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार घोषणा गर्दै आफु २०७५ जेठ २ को अवस्थामा पार्टीलाई लैजान चाहेको कुरा सार्वजनिक गरे । तर त्यसका लागि उनले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाएको हस्ताक्षर फिर्ता हुनुपर्ने सर्त राखे । साथै फागुन २८ गते एकलौटी रुपमा बैठक राखेर माओवादी केन्द्र छोडेर आएकाहरुलाई समेत समेटे बनाएको कमिटी पनि नेपाल पक्षले मान्नुपर्ने उल्लेख गरे ।

माओवादी छोडेर आएका रामबहादुर थापा बादल लगायतका नेताहरु समेटिएको केन्द्रिय कमिटी र स्थायी ममिटी सहित पुर्ववत अवस्थामा लैजाने उनको आशय थियो । उनको यस्तो घोषणाका कारण अब माधव नेपाल पक्षमा पहिरो जाने सम्भावना देखिएको छ । केही नेताहरु यस अघि नै जेठ २ को अवस्थामा पार्टीलाई लैजान ओली सहमत भए एकता सम्भव भएको भन्दै वार्ता जारी राखेका थिए ।

ओलीले आइतवार गरेको निर्णय पछि माधव नेपाल पक्षका नेताहरुको फरक प्रारम्भिक प्रतिकृया आएका छन् । माधव नेपाल पक्षका केही नेताहरुले त्यसको स्वागत गरेका छन् भने कतिपयले निकै खरो टिप्पणी र विरोध गरेका छन् । अध्यक्ष ओलीले सार्वजनिक गरेको वक्तव्यको नेता योगेश भट्टराईले स्वागत गरेका छन् । पछिल्लो समय आफूलाई पार्टीभित्र मध्यमार्गी भूमिकामा प्रस्तुत गर्न रुचाएका उनले सामाजिक सञ्जालमार्फत ओलीको आह्वानसहितको वक्तव्य सकारात्मक रहेको भन्दै कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको बताएका छन् ।

तर रामकुमारी झाँक्री। घनश्याम भुषाल लगायतका नेताहरुले भने विरोध गरेका छन् । ओलीको यो निर्णय पार्टी एकताका लागि नभएर सत्ता टिकाउने षडयन्त्र भएको बताएका छन् । प्रधानमन्त्री ओलीको पछिल्लो प्रस्तावले नेकपा एमालेमै रहने खोज्नेहरुका लागि फेससेभिङ दिएको छ भने यसअघि कडा अडान लिएकाहरुलाई पनि नयाँ दल गठनको प्रक्रियामा जानका लागि बाटो खोलिएको छ।

त्यसो त प्रधानमन्त्री ओली पनि माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल बाहेकका नेताहरु फर्किउन भन्ने चाहाना राख्ने गरेको ओलीनिकट नेताहरुले बताउने गरेका छन्।

प्रतिकृया दिनुहोस्