Saturday, July 24

ओलीको निर्णयले हलचल, एकाविहानै प्रचण्ड माधव नेपालको निवासमा

June 7, 2021 91

काठमाडौ । आइतवार अचानक प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव जारी गरेपछि राजनीतिमा हलचल भएको छ । अब माधव नेपाल पक्षको निर्णय के आउँछ भन्नेमा सबैको चासो छ । ओलीले आफु जेठ २ को अवस्थामा पार्टीलाई फर्काएन तयार भएको घोषणा सहित शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर माधव पक्षले फिर्ता लिने विश्वास गरेको बताएका छन् ।

यसले ओलीका विपक्षमा बलियो बन्दै गएको गठबन्धनमा पनि प्रभाव पर्ने देखिएको छ । आइतवारको ओलीको निर्णयपछि रणनीति बनाउन सोमवार विहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड नेकपा एमालेका नेता माधव नेपाललाई भेट्न पुगेका छन् । सोमबार बिहान नेता निवास कोटेश्वरमा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको स्रोतले जानकारी दियो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले २०७५ जेठ २ को अवस्थामा फर्किन आफू तयार रहेको भन्दै आइतबार ६ बुँदे प्रस्ताव ल्याएपछि दुवै नेता छलफलमा जुटेका हुन् ।

प्रतिकृया दिनुहोस्