Saturday, July 24

अत्यन्तै राम्रो कम्पनी हिमालयन हाइड्रोपावरको आईपीओ बजारमा आउँदै, कसैले पनि भर्न नछुटाउनुहोला

June 7, 2021 120

काठमाडौं–शेयर बजारमा जलविद्युत् कम्पनीको उछाल आइरहेका बेला हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले २२ करोड बराबरको २२ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । शेयर निष्कासनका लागि कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको छ ।
अनुमति पाए पछि आईपीओ निष्कासन गर्ने कम्पनीको तयारी छ । हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ ।

आयोजनाको प्रति मेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ ।हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।- आर्थिक संदेश

प्रतिकृया दिनुहोस्