Saturday, June 19

निषेधाज्ञा उल्लघंन गरेको पाइएपछि भाटभटेनीलाई ४ लाख जरिवाना तिराउन आदेश

June 7, 2021 64

काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको उल्लंघन गर्ने भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश दिएका छन् । प्रजिअ पराजुलीले निषेधाज्ञाको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन् ।

सरकारले केही दिन अघि जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा आदेश उल्लंघन भए प्रमुख जिल्ला अधिकारीले जरिवाना तिराउन सक्ने अधिकार दिएको छ । सोही प्रावधानअनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश गरिएको सीडीओ पराजुलीले बताए ।

  1. सोमबार दिउँसो काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली छड्के जाँचका लागि कोटेश्वरस्थित भाटभटेनी पुग्दा निषेधाज्ञाको उल्लंघन गर्दै सामान बिक्री गरेको पाएको थियो । स्टोरबाट प्रहरीले म्यानेजर सागर गुरुङलाई पनि पक्राउ गरेको थियो । उनलाई हाल प्रहरी वृत्त, बानेश्वरमा राखिएको डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्