Sunday, October 17

यस्तो छ तपाईको मंगलबारको भाग्य, जेठ २५ गतेको राशिफल हेर्नुहोस्

June 8, 2021 162

मेष : विभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेको छ । भौतिक तथा भोग विलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगती हुनेछ भने विद्यार्थि वर्गका लागि आजको दिन फलदायी रहनेछ । साँझपख समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

वृष :राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी वढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकी करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँ ठो क सि लो भएर जानेछ । पढाई लेखाईमा सहपाठी हरुलाई पछि पार्दै नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

मिथुन : नाँफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धी हासिल हुनेछ । पढाई लेखाईकै शिलशीलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सवल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डो रो क सि लो भएर जाने तथा पति पत्नीबीच अझ विश्वास बढेर जानेछ ।

कर्कट :अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धी तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पत्ती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला । साँझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशीलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।

सिहं : विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले न्युन आम्दानी हुनेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । साँझपख समय मध्यम रहेकोले साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला । रोग तथा सं क टको सामना गर्नु पर्नेछ ।

कन्या : प्रियजन भेट हुनुको साथै आधित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । खर्च बढे पनि उपलब्धी मुलक कामहरु हुनेछन् ।

तुला : वौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिस बाट छोटो दुरिको यात्राको अफर आउने तथा उपाहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन पाईनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउदा मन प्रशन्न हुनेछ ।

वृश्चिक : कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खु ट्टा ता न्नेहरु सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाडिने योग रहेको छ । तर पनी कृषि, पशुपालन तथा पुर्ख्यौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नचाहाँदा नचाहाँदै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खि न्न हुनेछ । बेलुकीको समय राम्रो रहेकोले पढाई लेखाईमा मन जाने तथा चाहेको नतिजा हात पार्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

धनु : व्यापार व्यवसायमा थोरै समय दिएपनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्रा तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर : रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यवसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ ।

कुम्भ : नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरीहरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

मीन : पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला द ण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढीनै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

प्रतिकृया दिनुहोस्