Thursday, June 24

विद्यालय पनि भयो असुरक्षित, ४ वर्षकी बालिका माथि भयो यस्तो घटना

February 8, 2021 245

काठमाडौ । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा ब-ला,त्कृ-त भएकी छन् । विद्यालयको शौचालयमा बालिका माथि यस्तो घटना भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ ।

विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई फकाएर शौचालयमा लगेका थिए । घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ । यही माघ २१ गते यो घटना भएको हो । २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

बालिकाकी आमाले फोन गरेपछि आफूहरुलाई घटनाबारे थाहा भएको विद्यालयका प्रधानाध्यापकले भने । बालिकाको स्वास्थ्य अवस्थाले उनी माथि घटना भएको आफूले थाहा पाएको बालिकाकी आमाले प्रहरीसमक्ष बताएकी छन् ।

बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्