Thursday, June 24

टिकटक बनाउन झुन्डिदा, बालिकाको निधन !

February 8, 2021 164

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका १५ की बालिका करुणा चन्दको शव पंखामा डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेको छ। गत १२ गते उनको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए।

प्रहरी उपरीक्षक थापाका अनुसार सो दिन दिउँसो टिकटक बनाएकी बालिकाको शव बेलुका झुण्डिएको अवस्थामा फेला परेको हो।

टिकटक बनाउने क्रममा पंखामा डोरी लगाएर घाँटीमा पासो लगाउँदै गर्दा घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्