Friday, July 23

सुन्दर देखिन नाकको सर्जरी गर्दा यि नायीकाको भयो यस्तो हालत, उल्टै करोडौ रुपैया जरिवाना तिर्नुपर्यो

February 8, 2021 218

एजेन्सी । सुन्दर देखिने चाहना सबैलाई हुन्छ । तर सुन्दर देखिनका लागि अप्राकृतिक काम गर्दा एक नायीकाले आफ्नो भएको सुन्दरता पनि गुमाउनु परेको छ । चिनियाँ अभिनेत्री र गायिका गाओ लियु ले हालै कस्मेटिक सर्जरी गरिन् ।

तर परिणाम उनले सोचेको भन्दा ठिक विपरित भयो । उनले तस्बिर सार्वजनिक गर्दै आफुमा भएको नकारात्मक असरका बारेमा जानकारी दिएकी छन् । अहिले उनको त्यो तस्बिरमा धेरैले प्रतिकृया दिएका छन् ।

उनी एक जना साथीको सल्लाहमा एक कस्मेटिक क्लीनिकमा नाकको सर्जरी गरिन् । त्यसका लागि ४ घण्टाको समय लाग्यो । आफुले चाहेको आकारमा उनले नाक बनाउन चाहिन्थन् । तर उनको चाहनाको ठिक विपरित भएको नाकको आकार पनि विग्रियो । सर्जरी गरेर थपिएको उनको पुरै नाक कालो भएको छ ।

पछि उनले थाहा पाइन् की जुन क्लीनिकमा उनले सर्जरी गराइन् त्यो क्लीनिकसंग सर्जरी गर्ने लाइसेन्स पनि थिइन् । उनको यस्तो अवस्था पछि सर्जरीको फाइदा बेफाइदाका बारेमा चर्चा सुरु भएको छ ।

अभिनेत्रीका अनुसार नाककै कारण उनले दुईवटा प्रोजेक्टवाट हात धुनु परेको छ । जसवाट उनलाई करौडौको नोक्सानी पनि भएको छ । सम्झौता भएका अन्य प्रोजेक्टमा पनि काम गर्न नसक्ने भएकाले उनले त्यसको लागि करोडौ रुपैया जरिवाना पनि तिर्न पर्ने हुनसक्छ ।

प्रतिकृया दिनुहोस्