Friday, July 23

एकै दिनमा यति धेरैले बढ्यो सुनको भाउ तोलाको कति हेर्नुहोस?

April 8, 2021 152

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस् , आफ्नो खर्च गर्ने बानी सम्झेर धेरै जनालाई टाउको दुख्छ । कतिजनाले बाध्यताले खर्च कम गर्न सक्नुभएको हुन्न, कतिजनाले पहिलादेखिको आफ्नो खर्च गर्ने बानीलाई सुधार्न सकिराख्नुभएको हुन्न ।

तर जे जे भए पनि आफ्नो पैसा कसरी कम खर्च गर्ने भनेर प्रतिज्ञा लिनु नै ठूलो अनुशासन हो ।

हामीले सिकेको नराम्रो आर्थिक संस्कार, व्यवहारमा बढ्दै आएको खर्चालु जीवनशैली र मुख्यतया भावनात्मक समस्याहरूले गर्दा अत्यधिक खर्च गर्ने बानी हुर्कँदै आएको हुन्छ ।

प्रतिकृया दिनुहोस्