Saturday, July 24

नयाँबस्तीमा भएको घटनाको शवको अवशेष फेरी पनि अर्को फेला पर्यो

June 9, 2021 114

काठमाडौ । कलंकीमा एक वर्ष अघि भएको घटनाकै झल्को दिनेगरी काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा भएको घटनाको शवको अवशेष फेरी पनि फेला परेको छ । बोरामा आधा मात्र शव भेटिएको ठाउँ नजिकै अन्य अवशेष पनि फेला परेको प्रहरीले जनाएको छ ।

 

नयाँबस्थितस्थित नौ तलेमा एक महिलाले मंगलबार मानव शरीरको दायाँ पैताला सहित केही अंश देखेकी थिइन् । महिलाले खबर गरेपछि अनुसन्धानका लागि कुकुर सहित प्रहरी टोली पुगेको थियो । त्यो शव कसको हो भन्ने अझै खुलेको छैन ।

 

मंगलवार शव फेला परेको स्थान भन्दा ५ सय मिटर पर अवशेष फेला परेको हो । अवशेष पोलिएको अवस्थामा फेला परेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले केही अवशेष फेला परेको जनाएका छन् ।

 

मंगलवार फेला परेको अंशको नमुना डिएनए परिक्षणका लागि प्रहरीले पठाएको छ । साथै शव पोष्टमार्टमका लागि पनि पठाइएको प्रहरीले जनाएको छ । प्रकृति हेर्दा घटना दुई साता अघि भइसकेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । डीएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालले प्रोफाइलिङ गर्ने बताइएको छ । शवको पहिचान र घटनास्थलको खोजीमा प्रहरी जुटेको छ ।

प्रतिकृया दिनुहोस्