Saturday, October 16

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ३५ जनाको मृत्यु

August 10, 2021 242

काठमाडौं, २६ साउन । नेपालमा थप ४,९०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ९१ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,१५० पुगेको छ ।

मङ्गलवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १९,१२३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

तीमध्ये ५,९०६ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २,११५ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये ३३,९८५ जना घरमा तथा ३,३४७ जना संस्थागत आइसोलेशनमा छन् । अहिले ७६१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७६ जना भेन्टिलेटरमा छन् ।

प्रतिकृया दिनुहोस्