Saturday, December 4

यो भिडियो हेरेर नरुने को होला र ? किन रुदै आए यी युवा मिडियामा ?

February 8, 2021 319

ओखलढुङ्गा । ओखलढुङ्गाका रोदिन दाहाल । वर्षले उनी १८ पुगेका छन् । ८ वर्षको उमेरमै आमा गुमाए रोदिनसंग अहिले उनका एउटा भाई पनि छन् । आमा नहुँदा बुवा त साथैमा थिए रोदिनको तर बुवाले आमाले छाडेको एक दुई महिनामै छिमेकीको जिम्मा लाएर छाडि दिएछन् । आफै त सानो त्यसमाथि झन सानो भाई । जीउँदै हुँदाहुँदै पनि बुवाले छाडेर गएको कुरा न रोदिनले बुझ्न सके न त आफुभन्दापनि झन सानो भाईले नै । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

रोदिन र उनको भाईको जीवनमा बुवा जीवित हुँदै पनि उनीहरु कोही नभएका टुहुरा जस्ता भएका छन् । दिन र समय बित्दै जाँदा अहिले रोदिन र उनका भाई ठूला भएका छन् । जतिजति रोदिनको उमेर बढ्दैछ त्यति त्यति उनलाई झनै आमाको सम्झना आईरहन्छ । आमासंगको अन्तिम कुरा आजपनि रोदिन सम्झिरहन्छन् । त्यो अन्तिम दिन आमाले रोदिनलाई जण्डिस भएको हुनाले बाहीर खेल्न नजा भनेको कुरा आजपनि उनको कानमा गुञ्जिन्छ र उनी भक्कानिन्छन् ।

रोदिनको भनाईमा उनका भाईलाई आमाबुवाको खासै याद आउँदैन रे । किनभने उनका भाईले सानैदेखि आमाबुवा दुवैको झल्को पाउनेगरी समय बिताएनन् रे । तर रोदिनको भने सही र गलत छुट्टयाउन सक्ने उमेर भएको हुनाले त्यो समयको सबै कुरा उनको मानसपटलमा कैद भएको छ । जस्ले आजपनि रोदिनलाई आमाका हरेक कुराहरुले रुवाई रहन्छ । आमा जस्तो अरु संसारमै कोही नहुने रहेछ भन्दै जब रोदिन रुन थाले पुरा भिडियोमा हेर्नुहोस् : ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्