Monday, June 14

भेटियो कोरोनाभाइरसको कडा भेरियन्ट, १००० गुणा तीब्र गतिमा फैलिरहेकोछ, भेरियन्ट कति खतरनाक छ ?

May 11, 2021 97

कोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन्ट । यो शब्दले सबैलाई त्रसित पारिरहेको छ । कोरोनाभाइरसको यो एक भेरियन्ट कुर्नूलमा सबैभन्दा पहिला भेटिएको र विशाखापत्तनममा हाल फैलिरहेको भाइरसको तुलनामा यो १००० गुणा तीब्र गतिमा फैलिरहेको जानकारी दिएकाे छ।

यो खबरले मानिसहरुले असाध्यै ड राइरहेका छन् र राजनीतिक आँधी आउने सम्भावना पनि जताइँदैछ । यहाँसम्म कि दिल्ली सरकारले आन्ध्र प्रदेश र तेलंगानाबाट आउने मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइदिएको छ । यस्तोमा प्रश्न यो उठ्छ कि कोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन्ट के साँच्चै नै यति शक्तिशाली छ? र विशेषज्ञ यसबारे के भनिरहेका छन् ?

एक भाइरस कुनै पनि व्यक्तिको शरीरमा हुर्कन थाल्छ । विज्ञानको भाषामा भन्ने हो भने मनुष्यको शरीरमा यी भाइरसले आफ्नो सेल्स (कोसिका) को संख्या बढाउन थाल्छ । यो प्रक्रियालाई हामी रेप्लिकेशन वा प्रतिकृति बन्नु भन्ने गर्छौं ।

त्यसपछि यो एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन थाल्छ र यसै गरी यसको विकास हुन्छ । यो प्रक्रियामा यो आफैं परिवर्तन पनि हुन थाल्छ जसलाई विज्ञानको भाषामा म्युटेशन भनिन्छ ।

स्वरुप बदलिरहेको यो म्युटेशन दुई तीन महिनाको अवधिमा एक भेरियन्ट बन्ने गर्छ । जब एक भाइरसले बिरामीको लक्षण फेरिदिन्छ तब यो फैलने गती र शरीरमा रोगको असर पनि परिवर्तन हुने गर्छ । ठिक यसै गरी जबदेखि कोरोनाभाइरस अस्तित्वमा आएको छ, यसको सयौं हज्जारौं म्युटेशन भएको छ र तीमध्ये केही भेरियन्ट बनेका छन् ।

तर कोरोनाभाइरसको सबै भेरियन्टबारे चर्चा भइरहेको छैन । तीमध्ये केही तीब्र गतिमा फैलिरहेको छ । निजामाबाद गभर्नमेनट मेडिकल कलेजका डाक्टर मदाला किरण भन्छिन्, ‘विश्व स्वास्थ्य संगठनका अनुसार आज दुनियाँमा कोरोना भाइरसको सयौं भेरियन्ट छन् तर तीमध्ये हामीले तीनलाई मात्रै गम्भीरताका लागि लिनुपर्छ । त्यो दक्षिण अफ्रिका, ब्राजिल र बेलायती भेरिन्छ । यही भेरियन्टबारे धेरै चर्चा भइरहेको छ । यसबारे अन्य सात भेरियन्ट छन् जसमाथि हामीले निगरानी राख्नुपर्छ । यी सात भेरियन्टमध्ये एउटा महाराष्ट्र भेरियन्ट हो ।’

यसलाई बेलायती भेरियन्ट बताइँदैछ । यसको २३ म्युटेशन भइसकेको छ र महाराष्ट्र भेरियन्टका १५ म्युटेशन छन् ।

प्रतिकृया दिनुहोस्