अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ। जसमा अर्का नेपाली कलाकार माओत्से गुरुङले पनि अभिनय गरेका छन्। राजीव सेठ्ठी निर्देशक रहेको फिल्मको ट्रेलरमा स्वस्तिमालाई आइटम डान्सरका रूपमा देखाइएको छ। साथै माओत्से पनि देखिएका छन्।
फिल्ममा प्रमुख भूमिकामा विपिन जर्ज, धर्माजन बोलगाटीले अभिनय गरेका छन्। दुई मुख्य पात्र नेपाल घुम्न आएको कथा फिल्ममा छ। फिल्म नेपालमा पोखरा, काठमाडौं, लुक्लामा छायांकन गरिएको हो। भिडिओ
अन्य समाचार | काठमाडौँ । प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको ‘तिमीलाई देखेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ । क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ ।
वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्ड रुपमा उतारेका छन् । रोमान्स गर्दा गर्दै कता कता हराएका एक जोडीको हट दृश्यहरु समेटीएको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् ।
यसैबिच गायक श्रेष्ठको केही समयअपघि बजारमा आएको तोरी पेली तेल बोलको चर्चित गीतबाट उनले उत्कृष्ठ पप गीत डायस्पोराको अर्वाड हात पारेका छन् । गायक श्रेष्ठलाई उक्त अवार्ड जिवन्त नेपाल म्यूजिक अवार्डले प्रदान गरेको हो ।
प्रतिकृया दिनुहोस्