Monday, May 23

अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिदै

January 19, 2022 1790

काठमाडौं । अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिने भएकी छन्। उनी वर्ष २०७९ मा विवाह बन्धनमा बाँधिने तयारीमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। “विवाह गर्दिन भनेपछि किन गर्नु हुन्न भन्दै कारण सोध्नुहुन्छ, त्यसैले त्यो प्रश्न टार्नका लागि मैले २०७९ मा विवाह गर्छु भनेको हुँ । हुन त प्रत्येक वर्ष म अर्को वर्ष विवाह गर्छु भनिरहेकै हुन्छु,” रेखा भन्छिन् ।

अभिनेत्री थापाले विवाहको खबर हल्ला मात्रै भएको बताउन खोजे पनि उनले आगामी वर्ष हुने भनिएको उनको विवाहको कुरालाई भने नकारिनन् । “फेरि मैले विवाह गर्दिन भनिहाले भने अरु हाम्रो बहिनीहरुमा पनि विवाह नगर्दा पनि हुन्छ भन्ने सन्देश जाला भनेर पनि विवाह गर्छु भनेको हो,” उनले ठट्यौली स्वभावमा जवाफ दिइन् ।

उनी आफ्नो विवाहबारे खुलेर कुरा गर्न नचाहे पनि पारिवारिक स्रोतका अनुसार उनको विवाह हुने निश्चित भइसकेको छ । उनी आउँदो वैशाखमा विवाह गर्ने तयारीमा छन् । मिति भने फाइनल हुन अझै बाँकी छ । तपाईंको विवाह वैशाखमा हुने हो भन्ने जिज्ञासामा उनले भनिन्, “फिक्स भइसकेको छैन । यो न्युज पनि लेख्नुपर्छ र ?”

प्रतिकृया दिनुहोस्