Monday, May 23

आजदेखि भक्तपुरमा मास्क नलगाउनेलाई १ सयदेखि ६ सय रुपैयाँसम्म जरिवाना

January 20, 2022 547

भक्तपुर। दैनिक रुपमा बढ्दै गइरहेको को-रोना भा’इरसको सं’क्रमणलाई मध्यनजर गर्दै भक्तपुरमा आजदेखि लागू हुने गरी मास्क नलगाउने ब्यक्तिहरुलाई जरि’वाना गरिने भएको छ । भक्तपुर जिल्ला प्रशासन कार्यलयले ‘तपाईको मास्क खोई ?’ अभियान अन्तर्गत आजदेखि मास्क नलगाउनलाई जरिवाना गर्ने नियम लागू भएको छ ।

प्रशासनले मास्क नलगाउनेलाई कारबाही गर्ने अन्तर्गत सार्वजनिक यातायतका साधनमा मास्क नलगाएको फेला पारे एक सय जरि’वान गराउने नियम बनाएको छ । आज भक्तपुर र काभ्रे जिल्लाको सिमाना साँगा नाकाबाट यो अभियान शुरु गरेको हो । सार्वजनिक सवारी साधन बसमा मास्क र सेनिटाइजर अनिवारय राख्नु पर्ने भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए ।

उनले मास्क लगाउन अटेर गर्नेलाई कार’वाही गर्ने र बसमा मास्क नलगाउने मान्छे भेट्यो भने बस चालकलाई १०० देखि ६०० रुपैयाँ सम्मको जरिवाना गराउने बताए । अभियान अन्तर्गत आजा दिउँसो साँगा, सुर्य विनायक चोक लगायत बिभिन्न स्थानमा चेक जाँच गरिएको छ । प्रमुख जिल्ला अधिकारी शर्मा आफै बसमा चढेर यात्रुहरुलाई मास्क लगाउन स्वास्थ्य प्रति सचेत रहन बताए । चालक लाई सिट भन्दा बढी यात्रु नराख्न र राखिएको भेटेमा ठाउँककाे ठाउँ जरिवान सहित कार्वाही गर्ने पनि बताए । आजको अभियानमा प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी परिस भक्तपुरका एसपी शिव कुमार श्रेष्ठ सहितको टोली उपस्थित थिायो ।

प्रतिकृया दिनुहोस्