चीनमा से’ क्स टो’यको बजार १५ अर्ब डलर बराबर पुगेकोे छ। युवामाझ लोकप्रिय रहेकाले यसको बजार बढेको हो। टो’यको प्रयोग बढ्नुमा कोरोना महामारीका कारण एक्लिएका युवाकोे बाध्यता हो वा चिनियाँ समाज साँच्चिकै बदलिएको हो त? घरमा बन्द रहिरहँदा २७ वर्षकी एमीले आफूलाई एक्लो महसुस गरिरहेकी थिइन्। कोरोना महामारी कालमा राजधानी बेइजिङमा बाहिर निस्केर डेटिङ गर्ने सम्भावना थिएन। यस्तो बेला उनी अनलाइन च्याटमा व्यस्त हुन्थिन्। च्याटमा उनीजस्तै केही महिलाले टो’यको कुरा उठाए। सहवासबाट टाढै रहन बाध्य एमीलाई उनीहरुले टो’य उपयोग गर्न प्रेरित गरे। एमी भन्छिन्, ‘पहिले अलिकति डर र संंकोच थियो।’ तर, एकपटक प्रयोग गरेपछि उनलाई आनन्द आउन थाल्यो।
संसारमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा टो’यको माग बढिरहेको छ। यसअघि बेडरुममा उपयोग हुने यस्ता साधनको सबैभन्दा ठूलो निर्यातकर्ता थियो चीन। कोरोना महामारीका कारण देशभित्रै अनगिन्ती जोडी बेग्लाबेग्लै रहन बाध्य भए। मनोरञ्जनका सार्वजनिक स्थान पनि लामै समय बन्द भए। यसबाहेक चीनको संस्कृतिमा आएको खुलापन र युवामा पश्चिमा प्रभावले पनि टो’यको प्रभाव बढेको मान्छन् जानकारहरू। यौ न र स म्बन्धमा परामर्श दिने प्रसिद्ध चिनियाँ ब्लगर हेङका अनुसार धेरै महिला टो’यप्रति खुला सोच राख्छन्। अधिकांश महिलाले यसलाई ‘प्राकृतिक र सामान्य’ ठान्छन्। ट्विटर जस्तै चीनको प्लेटफर्म वाइबोमा सात लाख फलोअर भएकी हेङ टो’यका बारेमा नियमित चर्चा गर्छिन्।
चिनियाँ महिलाका कारण टो’यको बजार नयाँ उचाइमा पुगेको उनको दाबी छ।
चीनमा सहवाससँग जोडिएका धारणा परम्परागत छ। देशमा नि’लो फिलिम पूर्ण प्रतिबन्धित छ। अनलाइन प्लेटफर्ममा नराम्रा क”न्टेन्ट हटाउन चिनियाँ प्रशासनले सधैंजसो छापा मा’ र्छ। राष्ट्रपति सी चिनफिङले साइबर स्पे स ‘सफा र यथार्थ’ बनाउन जोड दिएका छन्। यसबाहेक चिनियाँ प्रशासन समाजमा विवाह र पारिवारिक मूल्यलाई प्राथमिकता दिन प्रयासरत छ। कारण चीनमा जन्मदर निकै कम छ। पारपाचुकेले कीर्तिमान कायम गरेको छ। सन् २०१९ मा मात्रै ३१ लाख जोडीले पारपाचुके गरेका छन्। यसले पनि चीनको पारम्परिक समाजमा आउँदै गरेको परिवर्तनबारे थाहा हुन्छ।
युवा पुस्ता बे’डरुममा आफ्ना आवश्यकताप्रति जागरुक हुँदै छन्। टो’यप्रति उनीहरुको आकर्षण बढ्दो छ। चिनियाँ बजारको नेतृत्व अधिकांश महिला र मिलेनियल पुस्ताका युवाले गरिरहेका छन्। यद्यपि, चीनको घरेलु टो’य बजार पश्चिमी देशमात्र होइन जापानी बजारभन्दा पनि सानो छ। चिनियाँ अनुसन्धान एजेन्सीको अनुमानअनुसार यसको बजार अहिले १४.७ अर्ब डलरको छ। साङहाईस्थित मार्केट रिसर्च फर्म डेक्स कन्सलटिङमा विश्लेषक स्टेफी नोएल भन्छिन्, ‘यो वर्ष जनवरी र जुनका बीचमा बाइडु (गुगलजस्तै सर्च इन्जिन) मा ‘टो’यज’ किबोर्ड अत्यधिक प्रयोग भएको छ।’
कोरोनाका कारण लागेका विभिन्न प्रतिबन्धले टो’यको बिक्रीमा आएको उछाल पछिसम्म कायम नरहने नोएलको अनुमान छ। नोएल भन्छिन्, ‘टो’यका नयाँ खरिदकर्ता देखिए। तर तीमध्ये ७० प्रतिशतले त्यसभन्दा अघि बढेर केही किन्ने सम्भावना निकै कम छ।’ उसो त विश्वभर टो’य पुर्याउने चीनले अहिले कुल वैश्विक निर्यातको ७० प्रतिशत उत्पादन गरिरहेको छ। यस्ता टो’यको सबैभन्दा बढी माग फ्रान्स, इटली र अमेरिकाजस्ता देशमा छ।
प्रतिकृया दिनुहोस्