Monday, June 27

विराटनगरमा प्रहरीले गर्‍यो उर्मिलाको अन्तिम बिदाइ, उदयपुरमा अ ,,न्त्ये ष्टि गरिने

March 21, 2022 13226

आफूसँगै दिनरात कर्तव्य पालनामा खटिने साथीलाई अन्तिम बिदाइ गर्नुपर्दा प्रहरी जवान उर्मिला श्रेष्ठका सहकर्मीहरू सोमबार भावुक देखिन्थे। कोशी अस्पताल परिसरमा अन्तिम श्र,द्धा ञ्जलीका लागि उनको श,व राखिँदा भेला भएका प्रहरीहरू मलिन अनुहार लिएर कार्यक्रममा सहभागी थिए।

मोरङको लेटाङ तनावमा ज्यान गुमाएकी उर्मिलालाई प्रहरी संगठनले अन्तिम बिदाइ गरेर श व परिवारलाई जिम्मा लगाएको छ। विराटनगरस्थित कोशी अस्पतालमा पो स्टमा र्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्रहरी संगठनले अन्तिम सलामी अर्पण गरेको थियो।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरूणकुमार जिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अ न्तिम बि,दाइ गरेका थिए।

प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिवारले श,व लिएर गएको छ। उनको अ,न्त्ये ष्टि उदयपुरमै गर्ने तयारी छ।

एकपछि अर्को यौ,न हिं ,साका घट नाको दुष्चक्रमा पर्दै आएको मोरङमा फेरि त्यस्तै घटना नै प्रहरी जवान उर्मिलाको ज्या न लिने मुख्य कारण बनेको थियो। स्थानीयबासी र प्रहरीसहित दर्जनौं घा,,इते हुने र सिंगो गाउँ क,,र्फ्यूको कहरमा रहनुपर्ने कारक पनि यही घ,,टना नै भयो।

यो उत्तरी मोरङको लेटाङ–५ को घटना हो, जहाँ एक शिक्षकले आफ्नै छात्रामाथि गरेको दु,र्व्य,व,हार यति ठूलो त,,नावको कारण बन्यो। आइतबार प्रहरीको ज्या,,न जाने गरी भीडन्त भएको लेटाङमा सोमबार दिनभर प्रशासनले कर्फ्यू आदेश जारी गर्नुपर्यो। ‘हामी गाउँमै छौं, क,,र्फ्यूले सबै घरघरै थुनिएको अवस्थामा छौं,’ लेटाङ-५ का वडाध्यक्ष भुमसूर्य मगरले भने, ‘गाउँ अझै पनि आतंककै छायामा छ।’

लेटाङमा आइतबार भएको घटनामा दर्जनौं प्रहरी र गाउँले घाइते भएका थिए। यो घटनापछि लेटाङ क्षेत्रमा प्रहरीको बाक्लो पहरा छ। गाउँमा सन्नाटा जस्तो अवस्था व्याप्त रहेको वडाध्यक्ष मगरले जानकारी दिए।

उर्मिला २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरकी हुन्। १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङको त,,नाव साम्य पार्न त्यसतर्फ लागेको थियो। तर, फर्कंदा उनका अरू साथीहरू घा,इते थिए भने उनको भने श वमात्रै फर्किएको थियो।

तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दु र्व्य वहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दो लित भएका थिए। त्यही क्रममा तना,व बढेपछि भीडबाट कसैले उर्मिलाको घाँटीमा च,क्कु प्र,हार गरेको प्रहरी भनाइ छ। घाँटीमा ग,हिरो चो,ट बोकेकी उर्मिलाको बाटैमा नि,धन भएको थियो।

प्रतिकृया दिनुहोस्