Friday, August 19

नेपाली कलाकारलाई वास्ता नगर्ने सरकारको सलमान खानप्रतिको गम्भिरता देख्दा ताजुब लाग्यो : शर्मा

March 25, 2022 375

नेपाली कलाकारलाई वास्ता नगर्ने सरकारको सलमान खानप्रतिको गम्भिरता देख्दा ताजुब लाग्यो : शर्मा

काठमाडौं– अभिनेता तथा फिल्मकर्मी निर्मल शर्मा ‘गैडा’ले नेपाल भ्रमणमा आउन लागेका भारतीय कलाकार सलमान खानप्रति सरकारले देखाएको गम्भिरता देख्दा अच्चम लागेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले नेपाली कलाकारप्रति कहिल्यै वास्ता नराख्ने सरकारले खान नेपाल आउने कुरामा देखाएको गम्भिरता अचम्म लाग्ने भएको बताएका हुन्।

भारतीय अभिनेता सलमान खान जेठ १९ मा नेपालमा आयोजना हुने सांगितिक तथा सांस्कृतिक कार्यक्रमका लागि नेपाल आउँदै छन्। बुधबार मात्रै पर्यटन मन्त्री प्रेम बहादुर आलेले उनको भ्रमण तथा यो भ्रमणमार्फत नेपालको पर्यटन प्रवद्र्धनको विषयमा गर्न सकिने कामहरुबारे अनलाइन भिडियोवार्ता समेत गरेका थिए।

सरकारले सलमानको भ्रमणको विषयलाई देखाएको गम्भिरताको विषयलाई उल्लेख गर्दै अभिनेता शर्माले पाहुनालाई जस्तै नेपाली चलचित्रका विविध समस्याहरुमा पनि सरकार गम्भिर बन्नुपर्ने बताएका छन्।

‘सलमान खान मलाई मन पर्छ,’ उनले लेखेका छन्, ‘उनी नेपाल आउनु पक्कै पनि पर्यटन प्रवद्र्धनको हिसाबले राम्रो हो। तर, नेपाली चलचित्र र कलाकारहरुबारे कहिल्यै सिरियस नभएको सरकार पुरै राज्य संयन्त्र लागी उनको ठूलो धनराखीलिएर गरिने व्यवसायिक भ्रमण बारे ज्यादै सिरियस भएको देख्दा ताजुब लाग्यो। पाहुनालाई स्वागत छ। तर नेपाली चलचित्रका विविध समस्याहरु बारे पनि सिरियस बनिदिनु पर्यो सरकार!!!’

प्रतिकृया दिनुहोस्