Friday, July 23

म गर्भवती बन्न चाहान्छु तर बच्चा आफु संग राख्न चाहान्न

May 12, 2021 178

म बच्चालाई आफ्नो पेटमा हुर्काउन र उसलाई जन्म दिने सपना देखिरहेको छु । तर, म बच्चा सँधैका लागि आफूसँग राख्न चाहान्न, न त म आमा नै बन्न चाहान्छु । यसै कारणले मैले ‘सेरोगेट मदर’ बन्ने निर्णय लिएँ, जसकारण प्रसुतीपछि मलाई बच्चा मसँगै राख्न नपरोस् । सेरोगेट आमा बन्ने विचार म २१ बर्ष हुँदा नै आएको थियो ।”

म खाली गर्भवती हुनुको अनुभव लिन चाहान्छ् । म यति बुझ्न चाहान्छु, एउटा बच्चा मेरो शरीरभित्र कसरी विकसित हुन्छ र म उसलाई आफ्नो गर्भभित्र कसरी हुर्काउन सक्छु ? म आफ्नो शरीरमा आउने परिवर्तनलाई हेर्न चाहान्छु, महशुस गर्न चाहन्छु । मेरो छाला कसरी तन्किन्छ हेर्न चाहान्छु । म आफ्नो शरीरभित्र रहेको बच्चाको हलचललाई महशुस गर्न चाहान्छु ।”

मैले सेरोगेसीका बारेमा फिल्ममा हेरेँ र इन्टरनेटमा यसबारे पढेँ । त्यसपछि मलाई लाग्यो ‘म यही गर्न चाहान्छु ।’ म एक लामो सम्बन्धमा रहे । म जस्तै मेरो पूर्वप्रेमी पनि बच्चा चाहँदैन थिए, सेरोगेसीमा मेरो जति उनको लगाव थिएन । उसले कहिल्यै बुझेन म आफ्नो स्वास्थ्यलाई खतरामा राखेर किन गर्भवती हुन चाहान्छु, त्यो पनि यस्तो बच्चाको लागि जो मेरो हुँदै होइन ।”

तपाई जान्न चाहानुहुन्छ होला, म आफ्नो बच्चा किन चाहान्न ? सन्तान पाल्नु एक ठूलो जिम्मेवारी हो । मानसिक रुपले र आफ्नो करिअरलाई हेर्दै म यति ठूलो जिम्मेवारीका लागि तयार छु जस्तो मलाई लाग्दैन ।

थाहा छैन यस जिम्मेवारीका लागि कहिल्यै तयार हुन्छु वा हुन्न । म एक इभेन्ट कम्पनीमा काम गर्छु । यस बाहेक म एक क्रिएटिभ प्रोजेक्टका लागि पनि काम गरिरहेकी छु । यसका लागि म घण्टौँ काम गर्छ चाहान्छु ।गोपनीयताको सर्तमा बीबीसीको अन्तरवार्ताबाट लिएको एक अंश काठमाडौँ टुडे बाट ।

प्रतिकृया दिनुहोस्