Saturday, October 16

म एमसीसीको विषयमा केहि बोल्दिनँ : कुलमान घिसिङ

August 12, 2021 322

सोमबारको मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमान घिसिङले आज बुधबार पदभार ग्रहण गरे। घिसिङ दोस्रोपटक प्राधिकरणको नेतृत्व सम्हाल्न आइपुगेका हुन्।

प्राधिकरणमा घिसिङको यो दोस्रो इनिङ्स हो। यसअघि उनी ०७३ भदौमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। कानुनी प्रावधानअनुसार प्राधिकरणको कार्यकारी निर्देशकको एउटा कार्यकाल ४ वर्षको हुने गर्छ। सोहीअनुसार घिसिङ ०७७ भदौ २९ मा आफ्नो पहिलो कार्यकाल पूरा गरी बाहिरिएका थिए।

बुधबार पदभार ग्रहण गरेपछि आयोजित औपचारिक कार्यक्रममा घिसिङले आफूलाई पुनः नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै छोटकरीमा आफ्ना योजनाहरु सुनाए।

उनले आफू ठूलो रिस्क लिएर पुनः प्राधिकरणमा आएको बताए। तर, त्यो रिस्क के हो भनेर चाहिँ खुलाएनन्। एमसीसी परियोजना लामो समयदेखि अड्केर बसेको छ। रिस्क भनेर त्यसैलाई इंगित गर्न खोज्नुभएको हो? एमसीसीको बारेमा तपाईंको धारणा के हो? भनेर सोधेको पत्रकारको प्रश्नमा घिसिङले भनेका छन्”एमसीसीको बारेमा म अहिले बोल्दिनँ, यसबारे कुरै नगरौं। यो मेरो पाटो होइन।”

प्रतिकृया दिनुहोस्