Wednesday, September 22

लकडाउनमा होटल खोल्नेलाई २० हजार जरिवाना

August 12, 2021 192

लकडाउनका बेला होटल सञ्चालन गरेको भन्दै झापा बिर्तामोडको एक होटललाई प्रशासनले २० हजार रुपियाँ जरिमाना तिराएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरी होटल सञ्चालन गरेको भन्दैँ बिर्तामोडको फुट स्टेप नामको होटल सञ्चालक तिलहाङ लिम्बूलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

सोमबार राती १०.३० बजे बिर्तामोड नगरपालिका वडा नं ५ मा रहेको फुट स्टेप नामको होटल निषेधाज्ञा उल्लङ्घन गरी सञ्चालन गरेको पाइएको भन्दैँ इलाका प्रहरी कार्यालय बिर्तामोडले बिर्तामोड नगरपालिका ५ बस्ने ३२ वर्षीय होटल सञ्चालक लिम्बूलाई नियन्त्रणमा लिएको थियो । उनलाई आवश्यक कार्बाहीको लागि मङ्गलवार जिल्ला प्रशासन कार्यालय पठाइ २० हजार रुपियाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता कोरोना कहरका बीच चर्को जरिवाना तिराएको भन्दै यस क्षेत्रका उद्योगी व्यवसायीले भने जिल्ला प्रशासनको विरोध गरेका छन् । गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्