Wednesday, September 22

सोच्नै नसकिने गरी घट्यो सुनको भाउ फेरी , तोलाको कति हेर्नुहोस ?

March 12, 2021 319

सुनको भाउ आज घटेको छ ।

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

समग्रमा भने यो हप्ता सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतवार तोलामा ८६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमवार एक सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको थियो भने मंगलवार भाउ घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको थियो । तर, बुधवार फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ रुपैयाँ कायम भएको थियो ।

हिजो बिहीवार भाउ फेरि बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँमा पुगेकोमा आज फेरि ६ सय रुपैयाँले घटेको हो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्