Wednesday, September 22

डिपेन्डेन्ट भिसामा सपरिवार जापान बस्दै आएकी भण्डारीको अल्पायुमै निधन

August 12, 2021 275

जापान । रोजगारका क्रममा जापान ओसाकामा सपरिवार बस्दै आउनुभएकी हरिकला भण्डारीको असामयिक निधन भएको छ ।

बाग्लुङ जिल्ला गलकोट नगरपालिका २ नरेठाटी चिनामाली स्थाई घर भई डिपेन्डेन्ट भिषामा जापानको ओसाका शहरमा बसोबास गर्दै आउनुभएकी हरिकला भण्डारीको अगस्ट ८ तारिख आईतवार असामयिक निधन भएको हो ।

मृतक भण्डारीको ११ तारिख बुधवार ओसाकामानै दाहसंस्कार सम्पन्न गरिएको छ । एक बर्षयता स्वास्थ्यमा समस्या देखीनुभएकी भण्डारीको फोक्सोमा गम्भिर समस्या देखिएपछी उपचारको क्रममा निधन भएको हो ।

निकट ब्यक्तीहरुका अनुसार अस्वस्थ खानपानको कारण स्वास्थ्य खराबिले भण्डारीको निधन हुनपुगेको बताइएको छ ।

४२ बर्ष पुग्नुभएकी भण्डारी जापान आएको १० बर्ष पुगेको थियो । भण्डारीको एक छोरा र छोरी सहित श्रीमान जापानमा सपरिवार बस्दै आउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्