Saturday, March 6

होक्सेमा आफ्नै छोराले कोदालोको विडले हानेर बुबाको ह,त्या

February 12, 2021 80

पाँचखाल नगरपालिका वडा नं ७ होक्सेको जोरपिपलमा आफ्नै छोराले कोदालोको विडले हानेर बुबाका ह,त्या गरेको छ ।पाँचखाल ७ का बर्ष ३८ को राजु गौतमले कोदालोको विडले हान्दा आफ्नै बुबा बर्ष ५६ को बलराम गौतमको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएस्पी कुमार विक्रम थापाले जानकारी दिए । राजुले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । उनी जिल्ला प्रहरीको हि रासतमा छन ।

यस अघि पनि राजुले बुवा बलरामलाई प्रेसर कुकरले हानेर रक्ताम्मे बनाएका थिए । अव आइन्दा बुबामाथी आ क्रमण नगर्ने बचन दिएका राजुले केहि समयमानै कोदालोको विडले हानेर हत्या गरे ।प्रहरी घटनास्थल पुगेर अनुसन्धानमा खटिएको छ ।

प्रतिकृया दिनुहोस्