Saturday, December 4

गुल्मीमा झारफुक गर्ने क्रममा १ जनाको मृत्यु २ जना घाइते #RIP लेखि सेयर गर्नुहोस् ;

February 10, 2021 684

गुल्मीमा झारफुक गर्ने क्रममा १ जनाको मृ त्यु भएको छ । २ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१ ओख्रेनी तिनधारा बस्ने ३८ वर्षका रामप्रशाद श्रेष्ठ र उनकीे श्रीमती बर्ष ३६ की शान्तिला श्रेष्टले झारफुक गर्ने क्रममा ईश्मा गाउँपालिका वडानम्बर–३ दर्लामचौर वस्ने वर्ष ६४ को राम वहादुर मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रष्ठले जानकारी दिए ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

झारफुक गर्नेले नै बुधवार बिहान रामप्रशाद श्रेष्ठले मेरो घरमा अपरीचित व्यक्तिहरु आई अशान्ति मचाई रहेको भनेर प्रहरी कहाँ उजुरी दिएका थिए । प्रहरीले उजुरी उपर के कसो भएको हो भनि वुझ्न जाँदा एक जनालाई मृत फेला पारेको थियो ।

मृतक मुखिया पुस २५ गते ढाड दुख्ने विरामी भई झारफुक गर्न भनी श्रेष्ठ कहाँ आएको प्रहरीले जनाएको छ । मृतक मुखियालाई झारफुक गराउने क्रममा ढाड दुख्ने विरामी भई संन्चो गराउने बहानामा शरीर भरी आगोले पोली डामी मृत अवस्थामा फेला परेको प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रष्ठले बताए ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

झारफुक गराउने क्रममा ईश्मा गाउँपालिका वडानम्बर–३ दर्लामचौर वस्ने ३४ वर्षको हुम वहादुर मुखिया र रेसुङगा नगरपालिका वडानम्बर–५ भुवनपानी वस्ने ४० वर्षकी टोपला दमाईलाई घाइते भएका छन् । टोपला पुस २४ गते झारफुक गर्न भनी आएकी थिइन् ।

झारफुकबाट उनिहरुको अनुहर, शरिर भरी पोली डामी घाईते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घाइते २ जनालाई उपचारको लागि गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

उनिहरुको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । झारफुक गर्ने जिल्लाको मालिका गाउँपालिका वडानम्बर– ६ अर्जे घर रहेको प्रहरीले जनाएको छ ।******थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,******

प्रतिकृया दिनुहोस्