Friday, August 19

भोट हालेर फर्कने क्रममा मृत्यु

May 13, 2022 306

बैतडी :बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३ कफल्टाका ८४ बर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भोट हालेर फर्कने क्रममा एक्कासी मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । मतदान केन्द्रमै ढलेका भाटलाई तत्कालै श्रीकोट स्वास्थ्यचौकी पुर्‍याएकाे भए पनि उनको बाटोमै मृत्यु भएको जोशीले बताए ।

यो पनि …आँखा किन फरफराउँछ ? यस्ता छन् कारणहरु, जान्नुहोस् !
काठमाडौं । हाम्रो समाजको भनाइ अनुसार आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ ।

कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ। महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ।

तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो। यसमा आँखाको परेला फरफराउँछ। यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ। कसै कसैमा हप्तौंसम्म पनि जारी रहेको पाइन्छ।

यस्त छन् आँखा फरफराउनुका कारण…
सुख्खा आँखा : बुढ्यौली लाग्दै जाँदा अधिकांश मानिसले आँखा सुख्खा हुने समस्या भोग्छन्। कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ। यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ।

पोषकतत्वको असन्तुलन : म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ। यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन।

प्रतिकृया दिनुहोस्