Sunday, October 17

प्रचण्ड र देउवाविच फेरी लफडा, सरकार ढालिदिने प्रचण्डको चेतावनी

August 13, 2021 318

काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लफडा सुरु भएको छ । देउवाले प्रचण्डको बारेमा गोप्य कुरा बाहिर ल्याएपछि गठबन्धनमा लफडा भएको हो ।

प्रचण्डको अगाडी भएको अनौपचारिक कुराहरुको बारेमा देउवाले भन्दै हिडेपछि लफडा भएको हो । सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीको विषय नसमेटिएको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना गरेपछि देउवाले प्रचण्डका कारण एमसीसी नसमेटिएको बताएका थिए ।

दुइ दिन अघि संसदको रोस्टमबाट सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले एमसीसीको बारेमा सरकारको धारणा के हो ? भनेर सोधेका थिए । प्रधानमन्त्री देउवाले न्यूनतम साझा कार्यक्रममा एमसीसीबारे प्रचण्डले राख्न नमानेको प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, एमसीसी समेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तयार नभएको बताएका छन् ।

प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवाको भनाइ छ । नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाएका थिए ।

‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन रु’, निधिको प्रश्न थियो । जवाफमा देउवाले भने, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’

निधिले भने पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्नेमा जोड दिए । भेलामा काँग्रेस नेता जीवनबहादुर शाही पनि उपस्थित थिए ।

उनले पनि चीनले सीमा मिचिएको तथ्य झुटो सावित भए राजनीति छोड्ने बताए । तर देउवा भने यसबाट पन्छिने प्रयास गरे । ‘राख्न खोजेको हो, प्रचण्डले मानेनन्’, प्रधानमन्त्री देउवाको जवाफ थियो ।

स्रोतका अनुसार, निधि र शाहीले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोजेका थिए । उनले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताए ।

प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुमोदनको पक्षमा थिए ।मोटिभेट न्यूजबाट

प्रतिकृया दिनुहोस्