Wednesday, September 22

अर्की चर्चित अभिनेत्रीको ३५ बर्षकै उमेरमा निधन

August 13, 2021 356

भारतीय अभिनेत्री सरन्या शशिको मृत्यु भएको छ । ३५ बर्षीया शशिको मृत्युको कारण ब्रेन ट्युमरका कारण मृत्यु भएको हो । लामो समयदेखि ब्रेन ट्युमरसँग ल’ड्दै आएकी उनको धेरै पटक सर्जरी समेत भएको थियो । ट्युमर उपचारकै क्रममा उनी यो बर्ष कोरोना संक्रमित समेत हुन पुगेकी थिइन् । कोरोना संक्रमित ठिक भएपनि उनको अवस्था भने बिग्रिएको थियो । मिडियाका अनुसार उनको मृत्यु कोभिडको जटिल अवस्थाको कारणले भएको हो ।

शशिको मृत्यु भएपछि केरलका मुख्यमन्त्री निराई विजयनले शोक ब्यक्त गरेका छन् । फ्यानले भने सामाजिक संजाल मार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।कन्नुर जिल्ला निवासी उनले केही फिल्ममा अभिनय गरेकी छन् । आर्थिक संकटमा समेत रहेकी उनी केरलको लोकप्रिय टिभी कलाकार हुन् ।

प्रतिकृया दिनुहोस्