Monday, March 1

शो’कमा डु’बेको भागरथीको परिवारलाई मनकारीले दिए वर्षभरि खान पुग्ने खाद्यान्न

February 13, 2021 78

बैतडी, माघ २९ गते । भागरथीको ह”त्यापछि शो’कमा डु’बेको परिवारमा गरिबीका कारण भो’क मेटाउने अन्नसमेत नभएपछि मनकारीले १५ हजार रुपियाँ नगदसहित वर्षदिन पुग्ने खाद्यान्न प्रदान गरेको छ ।
गगनचन्द डिभाइन फाउण्डेशन, बैतडीले भागरथीको परिवारलाई बुधबार घरमै पुगेर चामल, गहँु , दाल लगात खाद्यान्न सामग्री र ओढ्ने ओछ्याउने सिरक–डसनासहित न्यानो कम्मल प्रदान गरेको हो ।
जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टको उपस्थितिमा भागरथीका दाजु केशवराज भट्ट र आमा द्रोपतिलाई खाद्यान्न र कपडा प्रदान गरिएको गगनचन्द डिभाइन फाउण्डेशनका अध्यक्ष राजेन्द्रबहादुर चन्दले बताउनुभयो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

दुई महिनाअघि भागथरीका बुवाको नि;धन भएको थियो । घरमा खान लगाउन समस्या भएपछि २० वर्षीय दाजु केशवराज भट्ट घर खर्च चलाउन र बहिनी भागरथीलाई पढाउन खर्चको जोहोका लागि यही माघ ४ गते म’जदुरी गर्न भारत जानु भएको थियो । २२ गते भागरथीको ह#त्याको खबर सुनेर घर फर्किनु भएका केशवराज भट्टले घरायसी अवस्था ना’जुक रहेको बताउनुभयो ।
एकपछि अर्को ब#ज्रपातमा परेको भागरथीको परिवारको घरको द’यनीय अवस्था दखेर परिवारलाई खाद्यान्न, कपडा र नगद रुपियाँ प्रदान गरिएको फउण्डेशनका संयोकज गोविन्दराज जोशीले बताउनुभयो ।
जोशीले भन्नुभयो, ‘ भागरथीका परिवारको अवस्था निकै द’यनीय रहेछ । दुःखको घडीमा सहयोग गर्नु मानवीय धर्म ठानेर गगनचन्द डिभाईन फाउण्डेशनकातर्फबाट राहत प्रदान गरिएको हो ।’
दुःखको बेला गगनचन्द डिभाइन फाउण्डेशनले पी’डित परिवारलाई रा’हत उपलब्ध गराएकोमा जिल्ला समन्वय समिति बैतडीका सिद्धराज भट्टले धन्यवाद दिनुभएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्