Saturday, March 6

१२ वर्षीया सुमित्रा विकको ११ जनाले सा’मू’हि’क क’रणी पछि ज्या’न लि’एर ज’ला’ए

February 13, 2021 83

भारतको बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा नेपाली किशोरीको करणी पछि ज्या’न लिएका छन् । प्रमाण लुकाउन उनको शवसमेत ज’ला’इ’एको घटना ढिलो गरी सार्वजनिक भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सा’मू’हि’क क’रणी पछि ज्या’न लि’एर ज’ला’एको जानकारी पाएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हेम शाहीले बताए । घटना नेपाल–भारत सीमानजिक कुन्डवा चैनपुरमा भएको हो। किशोरी चैनपुर बजारमा परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँ उनका बाबु चौकीदारी गर्दै आएका थिए ।

घटनाका बेला किशोरीकी आमा सुकुम्बासी आयोगको लगतमा नाम दर्ताका लागि नेपालमा थिइन् । बाबुले एक छोरा र एक छोरीलाई डेरामा छोडेर उनी बाहिर निस्केको बेला घटना भएको थियो । ‘मेरो छोरी र छोरा हरिश मात्र घरमा थियो, हरिश काम परेर बजारतिर निस्केको थियो, काम सकिएर फर्किने क्रममा घरसाहु सियाराम साहले तिमी अहिले डेरातिर नजाऊ भनेर रोक्न खोजेका थिए, छोराले मानेन डेरा पुग्यो, उसले देख्यो उसको बहिनी मृ’त अ’वस्था’मा भु’इँमा ढ’ले’की छिन्,’ खड्काले दिएको लिखित जाहेरीमा छ, ‘त्यो दृष्य हेरेपछि रुँ’दै क’रा’उँदै हरिश मलाई खोज्न निस्यिो, माछा बेच्ने ठाउँमा आएर उसले घटना सुनाउँदा म स्त’ब्ध भएँ ।’

‘म दौडँदै डेरा पुग्दा छोरी मृत अवस्थामा भू’इँमा ढ’ले’की थिइन्, र’ग’तमा ल’त’प’त उनको घाँ’टी’मा ‘रा’तो डो’री’ज’स्तो नि’शा’न थियो, उसको ज्या’न जो’गिन्छ कि भनेर बोकेर स्थानीय डाक्टरहरू कहाँ लगे पनि कसैले छु’न मा’ने’न,’ उनले जाहेरीमा भनेका छन् । उनले लेखेका छन्, ‘स्थानीय जयप्रकाश साहले आएर मलाई अर्को ठाउँमा नलग, कहीँ लैजान्छौं भने पाँच लाख रुपैयाँ लाग्छ, यो नेपाल होइन भारत हो, यहाँ कुनै कारबाही पनि हुनेवाला छैन ।’ मृतक बालिकाका पिता खड्काले आशा छो’ड्नुअघि छोरीको ला’स’मा ज्या’न बाँकी छ कि जान्न चि’कित्सक भेट्न खोजिरहेका बेला केही स्थानीयले त्यसमा अ’वरोध गरेका थिए । स्थानीय ५३ वर्षीय हरिकिशोर साहले मोबाइल खो’सेर आ’फन्तहरूलाई फोन गर्न नदिएको र छिटो शव ज’ला’उन द’बा’ब दिएको उनले बताएका छन् ।

उनका अनुसार दिपककुमार, मिलन साह, विनय साह, अजय साह, रमेश साह, उमेश साह, सुनिल साह, देवेन्द्र कुमारलगायतको संलग्नतामा श’व ज’ला’इए’को थियो । चाँडै शव न’ज’ला’एर तिमीले नै छो’रीको ज्या’न लि’एको भन्ने मुद्दा लाग्ने भन्दै उनीहरूले ध’म्क्या’एको र ज’ला’ए’प’छि जाडोले म’रे’की भनेर आफूहरूले सबैलाई बताइदिने उनीहरूले प्रस्ताव राखेको र । लास न’ज’ला’ए छो’रास’हित ज्या’न स’कि’दिने सम्म खड्गालाई ध’म्क्या’ए । आफूलाई थानाको ब्यक्ति बताउनेले ला’स ज’ला’उ’न’मा बा’धा अवरोध गरेमा जीवनभरीको लागि जे’लमा पु’र्याइ’दिने ध’म्क्या’ए । सादा कागजमा ध’म्क्या’ए’र उनीहरूले औँठा छाप लगाउन लगाए । ‘उनीहरूले हामीलाई भ’य’भि’त बनाएर राति १२ बजे ला’स डे’राबा’ट नि’का’लेर लगे,’ जाहेरीमा छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका घरबेटी सीताराम साह र उनका छोरा विनयले डेरा खा’ली गर्न ध’म्की दिन थालेको सुमित्राका भिनाजु नवलसिंह विकले बताए । पीडित परिवारलाई सहयोग गर्ने भारतीय समाजसेवीलाई समेत मुद्दा फिर्ता गर्न द’बा’ब दिएको उनको भनाइ छ ।

‘सुरक्षाको कारण देखाउँदै प्रहरीले उहाँहरूलाई त्यहीं बस्न भनेको छ,’ उनले भने, ‘मुद्दा दर्ता भएकाले न्यायका लागि सासूससुरा अहिलेसम्म त्यहीं हुनुहुन्छ ।’ उनीहरूलाई स्थानीयले खाने, बस्ने र मुद्दामा सहयोग गर्दै आएका छन् ।

घट्नाको १३ दिनपछि मोतिहारीका एसपी झाको आदेशमा आरोपी १२ जना बिरुद्ध स्थानीय थानामा मुद्दा दर्ता भएको छ । घट्ना हुने बखतका थानाप्रम्ख सञ्जीव रञ्जन निलम्बित भएका छन् । निलम्बित थानाप्रमुखको ठाउँमा नयाँ थानाप्रमुख मिथलेश कुमार ख’टाइएका छन् । जिल्लास्थित प्रहरी अधीक्षकको कार्यालयको प्रत्यक्ष निगरानीमा जाहेरी उपर उनले अनुसन्धान बढाएका छन् । तत्कालीन थानाप्रमुखविरुद्ध सर्वस्वसहितको जै’न्मकै’द स’जा’य हुने मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान बढाएको छ । मि’डिया फो’र बो’र्डर हा’र्मे’नीका अध्यक्ष अमरेन्द्र तिवारीले बताएअनुसार एसपी झाले घट्नाको गम्भिरतापूर्वक जाँच गर्ने आदेश जारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्