Monday, June 27

केशव स्थापितले आफ्नो वडामा लिए अग्रता, बालेन दोस्रो

May 18, 2022 8814

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन् । वडा २८ को मतगणनामा उनले अग्रता लिएका हुन् । २०० मत गन्दा स्थापितले ६० मत पाएका छन् । दोस्रोमा बालेन साहले ४६ र तेस्रोमा सिर्जना सिंहले ३३ मत पाएकी छन् ।

कूल ४५ हजार ४३ मत गन्दा बालेन्द्र १७५५८ मतका साथ अग्रस्थानमा कायम रहेका छन् । दोस्रोमा स्थापितले ९०५६ मत ल्याएका छन् भने तेस्रोमा सिर्जना सिंहले ८१२८ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस्