Monday, June 27

उपमेयरमा जितेलगत्तै कोसँग बिहे गर्दै छिन् सुनिता डंगोलले ?

May 19, 2022 8575

काठमाडौं मात्रै होइन, स्थानीय निर्वाचनको जारी मतगणनासँगै मुलुकभर चर्चामा अहिले मुख्य गरी दुई जना देखिएका छन्, संघीय राजधानीको महानगरपालिकाको मेयर पदमा फराकिलो अन्तरले अघि बढिरहेका स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा विजयउन्मुख एमालेकी सुनिता डंगोल ।

पहिले स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उठ्ने घोषणा गरेकी डंगोललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाएक सूर्य चिह्नबाट उपमेयरमा लडाउने निर्णय सुनाएपछि उनको बेग्लै लहर छ। नेपाली, अंग्रेजी र नेपाल भाषामा राम्रो दख्खल भएकी उनले केही वर्ष महानगरपालिकाकै सहायक विज्ञ भएर काम गरेकी थिइन् । एक दशकअघि मीस नेवाः पनि बनिन् ।

अहिले उपमेयर हुने पक्कापक्कीझैं मतगणनाको सर्वाधिक अग्रस्थानमा देखिएकी छन् । उनै सुनिताले उपमेयरको जिम्मेवारी सम्हालेलगत्तै लगनगाँठो कस्ने सुरसार भइरहेको छ । पारिवारिका स्रोतका अनुसार काठमाडौंको रैथाने नेवार समुदायकी हँसिली सुनिताले वीरगञ्ज पुख्र्यौली घर भएका एक जना नेवार समुदायका साउण्ड इञ्जिनियरसँग जीवन बिताउने योजना बनाएकी छन् ।

उनी तीन चार वर्षदेखि उनै इञ्जिनियरसँग ‘इन्गेज्ड’ थिइन् । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने सशांक श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन् । आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका हुन् । जेठमा उपमेयर बनेपछि आगामी संघीय संसद्को निर्वाचनताका विवाह गर्ने योजना छ ।

नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन् । गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उनका भावी ससुरा हुन् । सुवोधले फुर्सदमा गीत गाउँछन् भने रेडियो क्यापिटलसँग पनि जोडिएका छन् ।

सशांकको फेसबुक प्रोफाइलमा सुनिताको फोटो र चुनावी प्रचारका भिडियो भरमार देख्न पाइन्छ । हुनेवाला सासू रश्मी निगमको कमर्सियल विभागमा काम गर्थिन् । बेहुला श्रेष्ठको परिवारको बसाइ नयाँ बसपार्क क्षेत्र गोंगबूमा हो । उनीहरूको पुख्र्यौली घर वीरगञ्ज र अर्को घर कीर्तिपुरमा पनि रहेको बताइन्छ । कीर्तिपुरको घर भाडामा लगाइएको छ ।

-.janaaastha.com बाट

प्रतिकृया दिनुहोस्