Monday, June 27

प्रेमीसँगको सम्बन्धबाट आमा बनिन् रिहाना !

May 22, 2022 336

हलिउड पप गायिका रिहानाले छोरा जन्माएकी छन् । रिहानाले लस एन्जलसको एक अस्पतालमा मे १३ मा छाेरा जन्माएकी हुन् । र्‍यापर रकी रिहानाका प्रेमी हुन् ।

यी दुबै चाँडै विवाह बन्धनमा बाँधिने जनाइएको छ ।रकी र रिहाना लामो समयदेखि डेट गरिरहेका थिए । यद्यपि दुबैले २०२१ मा आफ्नो सम्बन्धलाई आधिकारिक बनाएका थिए ।

पिपल म्यागजिनका अनुसार रिहाना र रकी बच्चाको साथ लस एन्जलसको घरमा छन् । रिहाना अहिले पूर्णतया स्वस्थ छिन् र आमाबाबु दुवै धेरै उत्साहित छन् ।

गर्भावस्थामा केही महिनाअघि प्रेमी रकीले रिहानालाई धोका दिएकोसमेत आरोप लगाएका थिए ।

रकीले आफ्नी गर्लफ्रेन्ड रिहानाको ब्रान्ड फेन्टी फुटवेयरको डिजाइनर अमिना मुआदीसँग डेट गरिरहेकोबारे सञ्चारमाध्यमहरुले खबर फैलाएका थिए । अमिनाले यी सबै खबरलाई खारेज गर्दै सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्