Tuesday, September 27

१९१०६ मतान्तरले बालेन अघि

May 24, 2022 334

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। शाहको आफ्ना प्रतिस्पर्धीसँग १९ हजारभन्दा बढीको मतान्तर बनाएका छन्।

शाह नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा १९ हजारभन्दा बढी मतले अगाडि छन्। सिंह काठमाडौंको मेयरको दौडमा दोस्रो स्थानमा छिन्।

एक लाख ५४ हजार ९ सय ४६ मतगणना हुँदा शाहले सुरूदेखि नै अग्रता लिएका छन्। शाहले अहिलेसम्म सिंहसँग १९ हजार १ सय ६ मतान्तर बनाइसकेका छन्।

शाहले हालसम्म ५१ हजार १८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सिंहले ३२ हजार ७९ मत पाएकी छिन्।

यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ४९२ मत ल्याएका छन्। सुरूआती मतगणनामा दोस्रो स्थानमा रहेका स्थापितलाई सिंहले पछि पारेकी छन्।

शाह र स्थापितबीच भने १९ हजार ६ सय ९३ को मतान्तर छ।

अहिले वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २० र २१ को मत गणना भइरहेको छ।

प्रतिकृया दिनुहोस्