Tuesday, September 27

अभिनेत्री सुरक्षा पन्तले राखीन् आफ्नो भेरिफाईड फेसबुक प्रोफाईलमा धरानका मेयर हर्कको तस्वीर

May 26, 2022 5408

अभिनेत्री सुरक्षा पन्त पछिल्लो समय कान्स फिल्म फेस्टिभलमा गएर रेड कार्पेटमा हिड्ने पहिलो नेपाली कलाकार भएर चर्चामा छिन् । यसै पनि अभिनयमा क्षमतावान मानिने पन्तको चर्चा भैरहन्छ । यतिबेला भने उनको अर्को एउटा कार्यले धेरैलाई चकित तुल्याउने छ । उनले आफ्नो भेरिफाईड फेसबुक एकाउन्टको प्रोफाईल परिवर्तन गरेकी छन् ।

यति भनिरहदा खासै नौलो रहन्न । तर, उनले प्रोफाईलमा आफ्नो नभएर धरानका नवनिर्वाचित मेयर हर्क साङपाङको तस्विरलाई आफ्नो प्रोफाईलमा राखेकी छन् । यसअर्थमा उनको यो कार्य नौलो मान्न सकिन्छ । एकातिर नौलो त छदैछ, उनको यो कार्य नेपाली कलाकारहरुको इतिहासमा पहिलो पटक नै हुनसक्छ । जे होस पछिल्लो नेतृत्वका लागि स्वतन्त्र माथी विश्वास गर्नेहरुको लाम निकै छ ।

प्रतिकृया दिनुहोस्