Tuesday, September 27

स्थापित भए विस्थापित !

May 26, 2022 477

काठमाडौं महानगरमा बालेनको उदय हुँदा केशव स्थापित विस्थापित भएका छन्। २०५४ सालमा मेयर बनेर काठमाडौंमा बलियो प्रभाव छाडेका विस्थापित यसपाला चाहिँ आफ्नै बोलीले आलोचित भइरहे। अरुलाई होच्याउने उनको शैलीले उनलाई नउठ्नेगरी थच्यायो। अपत्यारिलो हिसाबमा बालेनप्रति मानिसहरु आकर्षित भए। हावादारी योजनाबाट वाक्क भएकाहरुले स्थापितहरुका उट्पट्याङ शैलीलाई दुत्कारे। घमण्डको पारोलाई रित्याइदिए। स्थापितको घमण्ड एक्सप्रेस दुर्घटनामा पर्‍यो।

काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको छ।

हालसम्म कुल १ लाख ८३ हजार ६७९मत गणना हुँदा मेयर पदमा १ लाख ५४ हजार ८९५ सदर मत परेको छ।

जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन्।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ५९ हजार १४९ मत प्राप्त गरेका छन्। अर्थात कुल खसेको सदर मतको ३८।१९ प्रतिशत मत पाएका छन्।

दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत अर्थात कुल खसेको सदर मतको २४।२४ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन्। अर्थात उनले कुल खसेको मतको २४।०३ प्रतिशत मत ल्याएका छन्।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरेका छन्। जुन कुल सदर मतको ८।६२ प्रतिशत हो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ५५६५ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन्। अर्थात उनले कुल खसेको सदर मतको ३।५९ प्रतिशत मत पाएका छन्।

प्रतिकृया दिनुहोस्