Monday, June 27

बालेनले जिते लगत्तै रवि लामिछानेले शुभकामना दिँदै यसरी गरे बालेनलाई खबरदारी

May 27, 2022 461

काठमाडौँ । काठमाडौं महानगरपालिकामा बिजय भए पछि बालेन शाहले चौतर्फी बधाई र शुभकामना थापिरहेका छन् । बालेनको जित जनताको जित भएको र नेताहरुप्रतिको बितृष्णा भएको पनि विष्ले विष्लेषण सुरु भएको छ ।

यसैबिच चर्चित संचारकर्मी रवि लामिछानेले बालेनलाई बधाई दिँदै अब बालेनको काम गर्ने समय आएको बताएका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै रविले भनेका छन् जनताको म्यासेज क्लियर कट भयो। परिवर्तन हेर्न र गर्न चाहने दुबैको भोक मरेको छैन। अब भन्ने दिन सकिदै र गर्ने दिन आउदै गरेको म्यासेज पनि क्लियर कट नै छ। बालेनसँग अपेक्षा छ र विश्वास पनि। बधाई छ।त्यस्तै बिहिबार ६१ हजार ७६७ मत पाएर काठमाडौँको मेयरमा निर्वाचित भएका मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै नमुना सहर बनाउने बताएका छन् ।

काठमाडौं महानगरपालिकामा बिजय भए पछि बालेन शाहले राष्ट्रिय सभा देखी तीनकुनेसम्मको क्षेत्रफलमा बिजयी रयाली सुरु गरे लगत्तै उनले बिजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन ।

बिजय रयाली जारी छ । तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका हुन् । राष्ट्रियसभावाट सुरु भएको बिजय रयालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा बिजयी हासिल गरेका हुन ।

प्रतिकृया दिनुहोस्