Tuesday, September 27

विजयी घोषणाकै दिन बालेनले गरे यस्तो खतर्नाक निर्णय, थरथर काप्यो देउवा सरकार

May 27, 2022 3388

काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौँ महानगरलाई बिस्वकै उत्कृष्ट सहर बनाउने बताएका छन् । अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने भन्दै , काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

“उनले बिजयी घोषणाकै दिन गरेको यस्तो निर्णयले आम उपत्याकाका महानगरवासीहरु र देशै भर खुशियाली छाएको छ। यता देउवा नेतृत्वको केन्द्रिय सरकारले गर्न नसकेको आट बालेनले गरेको भन्दै जनताले सरकारमाथि प्रश्न गर्न थालेपछि देउवा नेतृत्वको सरकार आफ्नो अस्तित्व नजोगीले डरले थरथर बनेको हो।

निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गरेपश्चात साहले सञ्चारकमीसँग छोटो प्रतिक्रिया दिएका थिए । आफूलाई नगरबासीले अत्यधिक मतका साथ विजयी गराएकोमा उनले आभार व्यक्त गरे ।

बालेनको भनाइ थियो हामीलाई एकदमै खुशी लागेको छ । नगरबासीले दिनुभएको यतिधेरै मायाप्रति आभारी छौं । यसलाई आफ्नो ऊर्जाको रुपमा लिएका छौं । हामीलाई विश्वास गर्नुभो र हाम्रो भिजन–एजेन्डा मनपराइदिनुभो । हामीले केही गर्न सक्छौं भनेर सम्पूर्ण नगरबासीले अत्यधिक मत दिएर यो ठाउँमा पुर्याउनुभएको छ । जिम्मेवारी दिनुभएको छ ।

म आफ्नो १०० प्रतिशत दिनेछु । मैले आजसम्म गरेको कामलाई फोकस गरेर काठमाडौं महानगरपालिकामा मात्रै सम्पूर्ण समय दिनेछु । मेरो पूर्णक्षमतामा काम गर्नेछु । काठमाडौंबाहेक अरु कुनै काममा आफ्नो समय खर्चिने छैनँ । आफ्नो सम्पूर्ण क्षमता, ज्ञान र सीप काठमाडौंलाई व्यवस्थित, स्वच्छ, सफा र पूर्ण विकसित विश्वकै सबैभन्दा उत्कृष्ट सहर बनाउन उपयोग गर्नेछु ।

प्रतिकृया दिनुहोस्